सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

बुधबार, १६ माघ २०८१, १९ : २०
बुधबार, १६ माघ २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

  • सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरस्थित सडकमा पिपिराबाट बजारतर्फ आउँदै गरेको क.प्र.०२००२ प ७७०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीया साबित्रा थापाको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • सिराहा, धनगढीमाई नगरपालिका-१० धनगढी चोकस्थित सडकमा चोहर्बाबाट लहानतर्फ जाँदै गरेको स.१ त ३८४४ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका-६ बडहरा बस्ने २५ वर्षीय सुरेश मुखियाको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • चितवन, भरतपुर महानगरपालिका-१६ बिजयनगर चोकस्थित सडकमा नयाँबस्तीबाट बिजयनगरतर्फ जाँदै गरेको ना.५७ प १९४१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१६ बिजयनगर बस्ने ८१ वर्षीया नन्दकला पौडेलको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • झापा, शिवसताक्षी नगरपालिका-११ झरना पुल नजिक सडकमा प्र.१-०२-००२ च ६४५४ नम्बरको पिकअप र प्र.१-०१-०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका-९ बस्ने १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप