बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राजस्थान रोयल्सले सार्वजनिक गर्‍यो नयाँ जर्सी

बिहीबार, १७ माघ २०८१, १३ : १६
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी टोलीमध्येको एक राजस्थान रोयल्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ ।

आईपीएलको नयाँ सिजन आगामी मार्चको तेस्रो सातादेखि सुरु हुँदैछ । राजस्थान रोयल्सले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको हो । 

राजस्थान रोयल्सका खेलाडीहरू आईपीएलको आगामी संस्करणमा यही जर्सीमा देखा पर्नेछन् । राजस्थान रोयल्सले आफ्नो पुरानो जर्सीमै केही परिवर्तनसहित नयाँ जर्सी सार्वजनिक गरेको बताइएको छ ।

राजस्थान रोयल्सको नयाँ जर्सीले जयपुरको संस्कृति झल्काउने दाबी गरिएको छ । ‘नयाँ जर्सीले राजस्थानको इतिहास र संस्कृति झल्कन पनि मद्दत गर्नेछ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राजस्थान रोयल्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा टोलीका प्रमुख प्रशिक्षक राहुल द्रविड पनि नयाँ जर्सीमा सकिएको देख्न सकिन्छ । 

प्रमुख प्रशिक्षक द्रविडका अतिरिक्त शेन वार्न, शेन वाट्सन, स्टिभन स्मिथ, जस बटलर, रविचन्द्रन आश्विनको नामको जर्सी पनि भिडियोमार्फत सार्वजनिक गरिएको छ । 

पछिल्लो दुई सिजन सन्जु सामसनको नेतृत्वमा राजस्थान रोयल्सले आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । राजस्थान रोयल्सले सन् २००८ मा आईपीएलको उपाधि चुमेको थियो ।

पहिलो संस्करणको उपाधि राजस्थान रोयल्सले जित्दा टोलीको कप्तान शेन वार्न थिए । त्यसयता राजस्थान रोयल्सले आईपीएलको उपाधि जित्न सकेको छैन ।

आगामी सिजनका लागि राजस्थान रोयल्सको टोलीमा सन्जु सामसन (कप्तान), यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान पराग, शिमरन हेटमायर, जोफ्रा आर्चर, महेश तिक्ष्णा, वानिन्दु हसरंगा, आकाश मढवाल, कुमार कार्तिकेय, नितिश राणा, तुषार देशपाण्डे, शुभम दुबे, युद्धवीर चरक, फजलहक फारुकी, क्वेना मफाका, अकोश शर्मा र वैभव सूर्यवंशी रहेका छन् ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप