कान्तिपुर र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि
काठमाडौँ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताहअन्तर्गत सञ्चालित फुटबल प्रतियोगिताको उपाधि विराटनगरस्थित कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेका छन् ।
विराटनगरको शहिदमैदानमा खेलिएको छात्र फुटबलको फाइनलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० गोलले पराजित गरी उपाधि कुम्ल्याएको हो । कान्तिपुर कलेजको जितमा गौतम चौधरीले निर्णायक गोल गरे ।
कान्तिपुर कलेजका शिवनारायण चौधरी फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए । कान्तिपुरकै गौतम चौधरी सर्वाधिक गोलकर्ता बने । कान्तिपुरका जीवन चौधरी सर्वोत्कृष्ट गोलरक्षक घोषित भए ।
कान्तिपुरका आदित्य राना मगर सर्वोत्कृष्ट डिफेन्डर घोषित भए । रेड स्टारका सौगात राई सर्वोत्कृष्ट मिफिल्डर बने । कान्तिपुर कलेजका कोमल खवास सर्वोत्कृष्ट सर्वोत्कृष्ट प्रशिक्षक घोषित भए ।
यसैगरी, छात्रा फुटबलको उपाधि पथरीस्थित रेड स्टारले चुम्यो । रेड स्टारले फाइनल खेलमा विराटनगरस्थित अर्किड कलेजलाई ३–० गोलले हरायो । रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जितेको हो ।
रेड स्टारको जितमा स्मृति राई, सलिजा राई र आशिका लिम्बुले एक–एक गोर गरे । रेड स्टारकी स्मृति राई फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भइन् । अर्किडकी समिक्षा आचार्य सर्वाधिक गोलकर्ता बनिन् ।
रेड स्टारकी सलिजा राई सर्वोत्कृष्ट मिडफिल्डर र रेड स्टारकी विद्या लिम्बु सर्वोत्कृष्ट गोलरक्षक घोषित भए । विजयी टोली र खेलाडीलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिेपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकालले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण