बस र ट्रक एक आपसमा ठोक्किँदा सुर्खेतमा १ जनाको मृत्यु, ६ जना घाइते
बिहीबार, १७ माघ २०८१, १७ : २२
सुर्खेत । सुर्खेतमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक समेत रहेका दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा घाइते उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । बिहीबार दिउँसो २ बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।
बाँकी ६ जनामध्ये केहीको प्रदेश अस्पताल कालागाउँ र केहीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण