‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड’मा रीया उत्कृष्ट
_rzPkLiMCqT.jpg)
काठमाडौँ । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड– २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । लोकसंस्कृतिको जर्गेना गर्ने उद्देश्यले गरिएको कार्यक्रममा नेपाल र भारतका दर्जनौँ कलाकार सहभागी थिए ।
विभिन्न विद्याहरूमा विजेता कलाकारलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा लोक दोहोरी गायिका एवं मोडल रिया रेग्मीले अवार्ड जितिन् । रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन् ।
सुजन म्युजिक प्रा.लिकी अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरूको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताइन् । अवार्डका लागि मनोनयन फारम खुला गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी भोटिङ गरेर धेरै भोट आएकालाई विजयी घोषणा गरिएको थियो ।
कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरूलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने