‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड’मा रीया उत्कृष्ट
काठमाडौँ । ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड– २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ । लोकसंस्कृतिको जर्गेना गर्ने उद्देश्यले गरिएको कार्यक्रममा नेपाल र भारतका दर्जनौँ कलाकार सहभागी थिए ।
विभिन्न विद्याहरूमा विजेता कलाकारलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा लोक दोहोरी गायिका एवं मोडल रिया रेग्मीले अवार्ड जितिन् । रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन् ।
सुजन म्युजिक प्रा.लिकी अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरूको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताइन् । अवार्डका लागि मनोनयन फारम खुला गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी भोटिङ गरेर धेरै भोट आएकालाई विजयी घोषणा गरिएको थियो ।
कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरूलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण