कुरान जलाउने व्यक्तिको गोली हानी हत्या
स्टकहोम । स्वीडेनमा दुई वर्षअघि कुरान जलाउने एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । ३८ वर्षीय सलवान मोमिकाको बुधबार साँझ स्टकहोम नजिकैको एउटा अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।
सन् २०२३ मा मोमिकाले स्टकहोम सेन्ट्रल मस्जिद बाहिर कुरान जलाएका थिए । जसको विरोधमा धेरै ठाउँमा प्रदर्शन भएको थियो ।
स्टकहोम प्रहरीले यस सम्बन्धमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मोमिकालाई टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहँदा गोली हानिएको थियो ।
कुरान जलाएको मुद्दामा स्टकहोमको अदालतले फैसला सुनाउन लागेको बेला मोमिकाको हत्या भएको थियो ।
सलवान मोमिका एक इराकी ईसाई शरणार्थी हुन्। उनी अप्रिल २०१८ मा स्विडेन आए र अप्रिल २०२१ मा शरणार्थीको हैसियत पाए। उनले आफ्नो फेसबुकमा आफूलाई नास्तिक र लेखकको रूपमा व्याख्या गरेका छन् ।
मोमिकाले गत वर्ष २८ जुन २०२३ मा स्टकहोमको सबैभन्दा ठूलो मस्जिद अगाडि कुरान जलाएका थिए । इद उल अजहाको दिन कुरान जलाइएको थियो ।
मुस्लिमहरू कुरानलाई अल्लाहको वचनको रूपमा हेर्छन् र कुरानमाथि कुनै पनि छेडछाड वा अनादरलाई गम्भीर अपराध मान्छन्। स्विडेनी प्रहरीले कुरानको विरुद्धमा विरोध प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । तर स्विडेनी अदालतले अभिव्यक्ति स्वतन्त्रताको कारणले यो प्रतिबन्ध हटायो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण