ममता कुलकर्णीको इन्ट्रीपछि किन्नर अखडामा ‘महाभारत’
नयाँ दिल्ली । बलिउड अभिनेत्री ममता कुलकर्णीलाई महामण्डलेश्वरको उपाधि दिएपछि विवाद बढ्दै गएको छ। अभिनेत्रीलाई यो उपाधि दिएको विषयमा ट्रान्सजेन्डर समूदायबाट विरोध सुरु भएको छ ।
यस विषयमा किन्नर अखाडाका संस्थापक अजय दास र आचार्य महामण्डलेश्वर डा. लक्ष्मीनारायण त्रिपाठी आमनेसामने भएका छन् । अजय दासले त लक्ष्मीनारायण त्रिपाठीलाई आफ्नो पदबाट हटाउने पनि भनेका छन्। । तर यसको विपरीत, लक्ष्मी नारायणको भनाइले नयाँ विवाद सिर्जना गरेको छ, जसमा उनले दास पदमा नभएको बताएका छन् ।
स्रोतका अनुसार शुक्रबार दिउँसो किन्नर अखाडाले ठूलो निर्णय लिन सक्नेछ । आचार्य महामण्डलेश्वरको पदबाट लक्ष्मीनारायण त्रिपाठीलाई हटाउन अखाडा भित्र तयारी भइरहेको बताइएको छ । किन्नर अखाडाका सन्तहरूमाझ यस विषयमा छलफल तीव्र भएको छ ।
किन्नर अखाडाका संस्थापक अजय दासले यस विषयमा ठूलो कारबाही गर्ने संकेत दिएका छन् । उनले आज आचार्य महामण्डलेश्वरको पदबाट लक्ष्मी नारायण त्रिपाठीलाई हटाउने दाबी गरेर यसको घोषणा आजै दिउँसो गरिने बताए ।
उता, महामण्डलेश्वर डा.लक्ष्मी नारायण त्रिपाठीले न्युज १८ सँगको कुराकानीमा आफ्नो अडान स्पष्ट पारे । उनले किन्नर अखाडामा जे पनि निर्णय लिइनेछ, त्यो पूर्ण पारदर्शिताका साथ लिइने बताए । किन्नर अखाडाले आज दिउँसो ३ बजे यस सम्पूर्ण विवादबारे पत्रकार सम्मेलन गर्नेछ, जसमा एउटा महत्त्वपूर्ण घोषणा गरिनेछ उनले बताए ।
उनले अजय दासलाई किन्नर अखाडाबाट निष्कासित गरिएको समेत बताए । उनी आफ्नो परिवार र छोराछोरीसँग बस्छन् । अब किन्नर अखाडामा उनको लागि कुनै ठाउँ नभएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण