नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने प्रधानमन्त्रीको प्रस्ट सङ्केत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टाक्स फोर्सको कालोसूचीमा पर्ने प्रस्ट सङ्केत गरेका छन् । शुक्रबारदेखि सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्ले समयमा कानुन नबनाइदिँदाको परिणाम अहिले देखिएको बताएका हुन् ।
‘मैले आज विनम्रतापूर्वक यो कुरालाई राख्नै पर्छ । सरकारले ल्याएको विधेयकलाई संसद्ले ९० दिन मात्र पारित गरेन भने वैकल्पिक व्यवस्था गर्छ । सरकारले समयमा कानुन पास नगर्दा देशलाई कुन हदसम्मको क्षति हुन्छ भन्ने कुरा मनि लाउन्डिरिङको मुद्दामा देखि/भोगिसकेका छौँ,’ प्रधानमन्त्री ओलीले भने– ‘अघिल्ला सरकारको समयमा भएका बेवास्ता र लापरबाहीको परिणाम अहिले मुलुकले भोग्नुपर्ने भएको छ । हाम्रो देश ग्रेलिस्टमा पर्ने खतरा बढेको छ ।’
यसअघि नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पनि यस्तै सङ्केत गरेका थिए । उनले देश ग्रेलिस्टमा पर्यो भने पनि छिटै बाहिर आउने आधार तय भइसकेको भन्दै यसको सङ्केत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण