कालिम्पोङमा गुञ्जिए दीपक बज्राचार्य
काठमाडौँ । गायक दीपक बज्राचार्यको रिदम ब्याण्ड , कुटुम्ब ब्याण्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भव्य साङ्गीतिक प्रस्तुति दिएका छन् ।
कालिम्पोङ नगरपालिकाको आयोजनामा गत मंगलबार देखि चलेको ३ दिने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५’मा पहिलो दिन कुटुम्ब ब्याण्ड, दोस्रो दिन दीपक बज्राचार्यको रिदम ब्याण्ड र तेस्रो दिन गायिका तृष्णा गुरुङले सांगीतिक प्रस्तुति दिएका हुन् ।
दीपक बज्राचार्यको प्रस्तुति बुधबार रहेको थियो । कन्सर्टमा अहिले सम्मकै धेरै दर्शक सहभागी भएको आयोजकले जनाएका छन् । गायक दीपक बज्राचार्य र उनको टिमले करिब २ घण्टासम्म आफ्ना ‘मायाको डोरी’, ‘ओ अमिरा’, ‘काली काली’ ‘कसले देला धन’ लगायत करिब डेढ दर्जन नयाँ र पुरानो गीत मार्फत दर्शकलाई नचाएका थिए । पश्चिम बंगालका नेपालीभाषी क्षेत्रमा सन् १९९१ देखि अहिलेसम्म गायक बज्राचार्यले करिब १५ पटक साङ्गीतिक प्रस्तुति दिइसकेका छन् ।
त्यस्तै मंगलबारको नेपाली लोक वाद्य ब्यान्ड कुटुम्ब र बिहीबारको गायिका तृष्णा गुरुङको कार्यक्रममा पनि त्यतिकै दर्शकले मेला अवलोकन र सांगीतिक प्रस्तुतिमा झुमेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण