‘प्रचण्डले ३ पटक अध्यादेश ल्याउनुभयो, १४ कानुन संशोधन गर्नुभयो ’
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकार मात्र नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्दै भट्टराईले अध्यादेशहरू कस्तो अवस्थामा आउँछन् भन्ने कुरा सबैलाई थाहा भएको बताए ।
उनले भने, ‘..त्यो हामी सबैलाई थाहा छ । संविधान बनाउने शक्ति सबै यही छौँ । नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको मात्र होइन । ’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ७९ को निर्वाचनपछि ३ पटक अध्यादेश ल्याएको बताए ।
उनले भने– ‘झन्डै १४ वटा कानुन संशोधन गर्नुभयो । मिटर ब्याज, लगानी सम्मेलनलगायतमा अध्यादेश आयो’, उनले अध्यादेशका कन्टेन्टमा प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरे । उनले २०७८ को अध्यादेशको स्मरण गर्दै अध्यादेशको बाढी आएको र पार्टीहरू फुटाएको भन्दै अध्यादेशबाट जन्मिएको पार्टीले अहिले अध्यादेश गलत भनिरहेको भन्दै अचम्म लागेको बताए ।
बरु उनले अध्यादेशको विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरूलाई नभएको भट्टराईको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण