आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिनेलाई कारबाही गर्न माग
काठमाडौँ । ताप्लेजुङ पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गोली चलाउने आदेश दिनेमाथि गृह प्रशासकमाथि सख्त कारबाही गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीले माग गरेको छ । पार्टीले सम्पूर्ण घाइते जनताको निःशुल्क उपचार गर्न सरकारसँग माग पनि गरेको छ ।
कार्यवाहक महासचिव गौरवले विज्ञप्ति जारी गर्दै गोलीकाण्डको घोर विरोध तथा तीव्र भर्त्सना गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ केबलकार निर्माणसँग सम्बन्धित यो आन्दोलन जनताको आस्था, संस्कृति, संस्कार र भावनासँग जोडिएको हुनाले बल प्रयोग गरेर यसको समाधान हुन सक्दैन । सीमित दलाल पुँजीपतिको पक्षमा उभिएर होइन स्थानीय जनतासँग बसेर आपसी सहमतिका आधारमा यस समस्याको समाधान खोज्न हाम्रो पार्टी सरकारसँग विशेष माग गर्दछ ।’
गत माघ १२ गते नेपाल सरकारको गृह प्रशासनले अन्धाधुन्ध गोली प्रहार गर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता घाइते भएको पार्टीको भनाई छन् । यस घटनाका घाइते मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षामा उपचार भइरहेको छ । अन्य घाइतेहरू पनि विभिन्न अस्पतालमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
पहिलो हाफमा बोस्निया–हर्जगोभिना १–० ले अगाडि
-
जोभो लुकिचको गोलमा बोस्निया–हर्जगोभिनालाई सुरुवाती अग्रता
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण