सवारी दुर्घटनामा तीन जनाको मृत्यु
शनिबार, १९ माघ २०८१, १६ : १०
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
- तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा.५ ख २९९९ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोक बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ६ जनामध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल चितवनमा र १ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ सालबासस्थित सडकमा प्रदेश ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपन्देही अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- चितवन, खैरहनी नगरपालिका-८ मगनीचोकस्थित सडकमा वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १६२२ नम्बरको बसको ठक्करबाट रिक्सा चालक सोही नगरपालिका-३ गोठशोर बस्ने ४४ वर्षीय बलराम मैनालीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण