काठमाडौँमा दुई जनासहित ४ जना मृत फेला
शनिबार, १९ माघ २०८१, १६ : १३
काठमाडौँ । राजधानी काठमाडौँमा दुई जनासहित देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौँ, दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणभित्र पर्ने फाकु कुलोमा सोही नगरपालिका-६ कोटाल टोल फर्पिङ बस्ने ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी काठमाडौँ महानगरपालिका-१६ बालाजु बाईपासस्थित प्राइम बैंकको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोक नजिक सडक छेउमा सोही नगरपालिका-१८ निमबुखेडा बस्ने ४२ वर्षीय अचुत राज कलौनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बागलुङ, बागलुङ नगरपालिका-६ सल्यखर्क घर भई हाल बागलुङ नगरपालिका-२ लायन्स चोकस्थित टेलरमा काम गरी बस्ने ३३ वर्षीय शंकर नेपाली सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण