अमेरिकी करको चीनले प्रतिकार गर्ने
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । चीनको वाणिज्य मन्त्रालयले यसप्रति प्रतिक्रिया जनाएको छ । यो कदम विरुद्ध बदला लिने मन्त्रालयको भनाइ छ ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट पूरै असन्तुष्ट छ र यस कदम कडा विरोध गर्दछ ।’ यसले यो विश्व व्यापार सङ्गठनको नियमहरूको गम्भीर उल्लङ्घन भएको बताइएको छ ।
यस्ता कदम चीन र अमेरिकाबिचको सामान्य आर्थिक र व्यापारिक सहयोगको लागि हानिकारक भएको चीनको भनाई छ । अमेरिकाको गलत व्यवहारविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्ने र आफ्नो अधिकार र हितको रक्षा गर्न प्रतिरोधात्मक कदम चाल्ने पनि बताइएको छ । ‘आफ्नो गलत अभ्यास सच्याउन र समस्या समाधान गर्न चीनसँग मिलेर काम गर्न अमेरिकालाई चीन आह्वान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
पारस्परिक लाभ, सम्मान र समानताको आधारमा मतभेदहरू समाधान गर्न र पारस्परिक सहयोगलाई बलियो बनाउन पनि भनिएको छ । यसअघि, भन्सार मुद्दासम्बन्धी चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङको एक विज्ञप्ति चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वामा प्रकाशित भएको थियो । यसमा अतिरिक्त महसुल चीन अमेरिका वा बाँकी विश्वको हितमा नभएको भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण