कन्सर्टको बिचमा उदितनारायणले महिला फ्यानलाई चुमेपछि...
नयाँ दिल्ली । बलिउड गायक उदितनारायण झाको एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो एउटा लाइभ कन्सर्टको हो । आफ्नो चर्चित गित ‘टिप टिप बर्षा पानी’ गाइरहेको समयमा गायकले मञ्चमा महिला फ्यानलाई एक्कासि चुमिदिन्छन् ।
फ्यानले सेल्फीका लागि बाउन्सरसँग अनुमति लिइरहँदा उदितनारायण ती महिला भएको ठाउँमा आउँछन्, नजिकै बस्छन् र गालामा चुम्छन् । क्लिपमा उनले अरु दुई महिला फ्यानलाई पनि यसैगरी चुमेको देखिएको छ ।
यो भिडियो सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ । यो भिडियो कहिलेको हो भन्ने पुष्टि हुन सकेको छैन । तर इन्टरनेटमा मानिसहरूले यसबारे अलग–अलग प्रतिक्रिया दिइरहेका छन् । कसैले उनको यो कार्यलाई ‘स्पोन्टेनियस गेष्चर’ (अचानक दिइएको प्रतिक्रिया) भनेका छन् भने कसैले यसलाई अनुचित र अस्वीकार्य भनिरहेका छन् । यो भिडियोमा व्यापक बहस भइरहेको छ ।
उदितनारायणको यो भिडियो हेरेपछि धेरै प्रयोगकर्ताहरूले गहिरो निराशा र चिन्ता व्यक्त गरेका छन् । एक जना प्रयोगकर्ताले उदितनारायणबाट यो अपेक्षा नगरिएको भनेका छन् । अर्का एक जनाले भने उदितले आफ्नो सीमा नाघेको र उनको व्यवहार पूर्णतया अस्वीकार्य र अनुपयुक्त भएको बताएका छन् । केही प्रयोगकर्ताहरूले उनीहरूलाई आलोचना गर्दै ‘यो के हो ?’ भनेका छन् ।
अर्का एक जनाले उनी स्टार भएकाले यसलाई हल्का रूपमा लिइएको भनेका छन् । भाइरल भिडियोबारे उदित नारायण वा उनको टोलीबाट कुनै आधिकारिक बयान आएको छैन । रेडियो नेपालबाट आफ्ना करियर शुरु गरेका उदितले १९८० मा आएको फिल्म ‘उन्नी–बीस’ बाट प्लेब्याक डेब्यू गरेका थिए । १९८८ को फिल्म ‘कयामत से कयामत तक’बाट उनी चर्चामा आएका थिए ।
Lol😭
— Ghar Ke Kalesh (@gharkekalesh) January 31, 2025
pic.twitter.com/bIVc4VJr2d
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण