कांग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिने छुट छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले तिनै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बरबाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे । उनले मुलुक करिब साढे तीन दशकदेखि कांग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भएपनि मुलुकको विकास हुन नसकेको बताए ।
अध्यक्ष लिङ्देनले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागी हुन सबैमा अपिल समेत गरे । उनले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताए ।
उनले भने, ‘राप्रपा नेपालमा रहेका राजनीतिक पार्टीमध्येको एक पार्टी मात्र होइन । यो देश र धर्म बचाउने अभियान पनि हो । नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर हामी अगाडि बढिरेहका छौँ । आज राप्रपाको दर्शन र सिद्धान्तको रूपमा आज स्थापित भएको छ । म त्यो मान्छे हो जसले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर मात्र भनेको छैन । मैले मेरो जीवनकालमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा जान सक्छु ।’
अध्यक्ष लिङ्देनले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धान्तको रूपमा स्थापित भइसकेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म