मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौँको नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नुवाकोटको तादी गाउँपालिका ३ खरानीटार घर भइ हाल काठमाडौँको प्यूटार बस्ने २२ वर्षीय रोशन भण्डारी र धादिङको गंगाजमुना गाउँपालिका ५ फुलखर्क घर भइ हाल काठमाडौँको नेपालटार बस्दै आएका ३० वर्षीय रविन अधिकारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले बताएको छ ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०५४ प १४ ३५ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०५३ प १७ ३५ राखी काठमाडौँको नेपालटारमा सडक किनारमा रोकी राखेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाइकल अधिकारीबाट रोशनले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल बागलुङको वरेङ गाउँपालिका २ घर भएका आदर्श पौडेलले काठमाडौँको म्हेपीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण