जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुङ्गिएकाले बैठक लम्बिएको हो ।
ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरी आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।
आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भएको जसपा नेपालले जनाएको छ । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ । यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेवारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ । सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाँकी सदस्यहरु चयन गर्नेछ ।
तीनजना विभागीय प्रमुखसहित ३५ सदस्सीय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरी यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सोमबार छलफल हुने कार्यसूची रहेको जसपा नेपालले जनाएको छ ।
बैठकले केहि संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई सोमबार अन्तिम प्रारूप दिइनेछ ।
यसैगरी, पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेस केन्द्रित दलहरूको संयुक्त मोर्चा लगायतका एजेण्डामा सोमबार छलफल गर्नेगरी बैठक सम्पन्न हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण