जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुङ्गिएकाले बैठक लम्बिएको हो ।
ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरी आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।
आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भएको जसपा नेपालले जनाएको छ । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ । यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेवारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ । सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाँकी सदस्यहरु चयन गर्नेछ ।
तीनजना विभागीय प्रमुखसहित ३५ सदस्सीय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरी यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सोमबार छलफल हुने कार्यसूची रहेको जसपा नेपालले जनाएको छ ।
बैठकले केहि संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई सोमबार अन्तिम प्रारूप दिइनेछ ।
यसैगरी, पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेस केन्द्रित दलहरूको संयुक्त मोर्चा लगायतका एजेण्डामा सोमबार छलफल गर्नेगरी बैठक सम्पन्न हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना