बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा
धरान । धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले हराउँदै युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) भारत २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान पाँच÷पाँच गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । सडन डेथमा सातौँ प्रहार गर्न आएका धरानका खेलाडी मनोज राईको प्रहार आकाशिएपछि युके एफसीको जित भएको थियो ।
आज दोस्रो दिन युके एफसी र आयोजक धरान फुटबल क्लबबीच भएको खेलको १७औँ मिनेटमा युकेका हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाए । धरान फुटबल क्लबका विनोद राईले खेलको ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई एक–एक गोलको बराबरीमा पुर्याएका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ पनि भुजेल भए ।
यही माघ २६ गतेसम्म हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । भोलि २१ गते हुने राजा क्लब इटहरी र आरटिसी भूटानबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण