युवाहरूलाई प्रधानमन्त्रीको सुझाव : व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ता आत्मनिर्भरता बन्नेतर्फ लाग्नुपर्ने बताएका छन् । काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गर्नतर्फ लाग्नुपर्ने बताएका हुन् ।
‘जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ उत्प्रेरित गरौँ ताकी उनीहरू आफै आत्मनिर्भर हुन सकुन्’, प्रधानमन्त्रीले भने– ‘केही नयाँ चिज गर्न सकुन् र अरूलाई पनि रोजगारीका अवसरहरू दिन सकुन् । त्यसतर्फको जनशक्ति तयार गर्न सकौँ।’
साथै प्रधानमन्त्रीले युवाहरूलाई कहिल्यै पनि गलत सङ्गतमा नलाग्न आग्रह गरेका छन् । ‘गलत सङ्गतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । सङ्गत ठिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डङ्गुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डङ्गुरमा झिँगाको साथ लाएर जान हुँदैन ।’
राष्ट्रिय आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारले पहल गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण