नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० अंकमा पुगेको हो ।
सोमबार बजारमा ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढे पनि सोमबार सेयर मूल्य बढेका कम्पनीको संख्या भने कम छ । बजारमा सोमबार ९७ कम्पनीको मूल्य बढ्दा १३७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि परिसूचक बढेको यो अनौठो संयोग हो । धेरै बजारहिस्सा भएका मूल्यको मात्रै सेयर मूल्य बढ्दा सामान्यतया यो अवस्था देखिन्छ ।
बजारमा सोमबार फाइनान्ससहित ६ समूहका परिसूचकमा वृद्धि देखिँदा निर्जीवन बीमासहित ७ समूहका परिसूचकमा गिरावट आएको छ । सोमबार बजारमा उपकार लघुवित्त र भुगोल इनर्जीको मूल्यमा सकारात्मक सर्मिट लाग्दा ग्रिन डेभलपमेन्ट बैंक र रिभल फल हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै अर्थात् ९१ वटा कम्पनी रहेको हाइड्रोपावर समूह घट्दा यस्तो अवस्था आएको हो ।
कारोबारका आधारमा भने सोमबार एनआरएन इन्फास्ट्रक्चर र सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा अगाडि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण