नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३०.०० अंकमा पुगेको हो ।
सोमबार बजारमा ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढे पनि सोमबार सेयर मूल्य बढेका कम्पनीको संख्या भने कम छ । बजारमा सोमबार ९७ कम्पनीको मूल्य बढ्दा १३७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेको तथ्यांक छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि परिसूचक बढेको यो अनौठो संयोग हो । धेरै बजारहिस्सा भएका मूल्यको मात्रै सेयर मूल्य बढ्दा सामान्यतया यो अवस्था देखिन्छ ।
बजारमा सोमबार फाइनान्ससहित ६ समूहका परिसूचकमा वृद्धि देखिँदा निर्जीवन बीमासहित ७ समूहका परिसूचकमा गिरावट आएको छ । सोमबार बजारमा उपकार लघुवित्त र भुगोल इनर्जीको मूल्यमा सकारात्मक सर्मिट लाग्दा ग्रिन डेभलपमेन्ट बैंक र रिभल फल हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै अर्थात् ९१ वटा कम्पनी रहेको हाइड्रोपावर समूह घट्दा यस्तो अवस्था आएको हो ।
कारोबारका आधारमा भने सोमबार एनआरएन इन्फास्ट्रक्चर र सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा अगाडि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने