सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
काठमाडौं । सीमा सम्झौतामा हस्ताक्षर गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि लगाएको ट्यारिफ लागू गर्न ढिलाई गरेका छन् । मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएसँगै ट्रम्पले मेक्सिकन आयातमा नयाँ ट्यारिफ लागू गर्न ढिलाई गरेका हुन् ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सिमित गर्न अमेरिका समेतले प्रतिवद्धता जनाएको बताएका छन् । ट्रम्पले मंगलबारबाट मेक्सिकन सामानमाथि २५ प्रतिशत आयात कर लागू गर्ने घोषणा गरेका थिए ।
त्यसअघि ट्रम्पले युरोपेली संघमाथि समेत व्यापार शुल्क लगाउने चेतावनी दिएका थिए । तर, पछि बेलायतसँग एक सम्झौतामा काम गर्न सकिने सुझाव दिइएपछि उनी पछि हटेका थिए ।
ट्रम्पले आयात कर लगाइनु पर्ने कयौँ कारण बताएका छन् । जसमा सीमा सुरक्षा, अवैध औषधिको प्रवाह, व्यापार घाटालगायतलाई लिइएको छ । तर, क्यानाडाले जवाफी ट्यारिफ घोषणा गरेको छ । यसकै असरले सोमबार अमेरिकी शेयर बजार खुल्नासाथ आरोलो लागेर पछि ट्रयाकमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
-
ममतालाई घरमै पुगेर दिइयो नागरिकता
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण