त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
जित्नैपर्ने दबाबमा नेपाल, चौथो जितको खोजीमा थाइल्यान्ड
मङ्गलबार, २२ माघ २०८१, ०७ : ४८
काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो चौथो खेलमा आज नेपालले थाइल्याण्डसँग खेल्दै छ ।
खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । आजको खेलमा पराजित भएमा शृङ्खला जित्ने सम्भावना सकिनेछ ।
यसअघि भएका तीन खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्यान्ड शृङ्खला जित्ने बलियो अवस्थामा पुग्नेछ ।
शृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण