मनिषाको शानदार बलिङ, नेपालसामु जितका लागि १ सय ७ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १ सय ७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।
थाइल्याण्डका लागि चनिदा सुथिरुआङले सर्वाधिक २७ रनको योगदान दिइन् । २८ बलमा उनले १ चौका हिर्काइन् ।
थिपाट्चा पुथावोङले २५ रन बनाउँदै उनलाई राम्रो साथ दिइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । दुवैले अर्धशतकीय साझेदारी गरे ।

विकेटकिपर नानापाट कोंचारोन्काईले २३ बलको सामना गरेर १९ रन बनाइन् । उनले यस क्रममा २ चौका प्रहार गरिन् । ओपनर अफिसारा सुवानचोंराथीले १९ बलमा १७ रन तथा नाटाया बुचाथामले १० रनको योगदान दिइन् ।
नेपालका लागि मनिषा उपाध्यायले शानदार बलिङ प्रदर्शन गरिन् । उनले ४ ओभर बलिङ गर्दै १ मेडनसहित मात्र १८ रन खर्चेर ३ विकेट लिइन् । उनले एउटा रनआउट समेत गरिन् ।
पूजा महतो र रचना चौधरीले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण