लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौँ । भिट्रिफाइड टायल्स् लामिनारको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने घोषणा गरेको छ ।
कम्पनीले ६ महिनाभित्र आईपीओ जारी गर्ने जानकारी गराएको छ । यसका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
अध्यक्ष सुब्रत धितालले आईपीओले कम्पनीको व्यवसाय विस्तारको गति बढाउने र यसको फाइदाले आम सर्वसाधारण पनि लाभान्वित हुने बताए । उनले भने, ‘लामिनार टायल्सको गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्त्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका भएको कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गर्यो
-
क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन
-
अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै
-
नि:शुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध राज्यले कार्यान्वयन गर्नुपर्छ : नैनसिंह महर
-
नाटक ‘अनि देवराली रुन्छ’को कथा : यसलाई कसैले फिल्म नबनाओस्...
-
अहिले नै सरकारबाट लोसपा बाहिरिने अवस्था बनिसकेको छैन : शुक्ला