लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ जारी गर्ने
काठमाडौँ । भिट्रिफाइड टायल्स् लामिनारको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने घोषणा गरेको छ ।
कम्पनीले ६ महिनाभित्र आईपीओ जारी गर्ने जानकारी गराएको छ । यसका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
अध्यक्ष सुब्रत धितालले आईपीओले कम्पनीको व्यवसाय विस्तारको गति बढाउने र यसको फाइदाले आम सर्वसाधारण पनि लाभान्वित हुने बताए । उनले भने, ‘लामिनार टायल्सको गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्त्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका भएको कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
-
शेयर कारोबारको पुँजीगत लाभकर आजदेखि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण