१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो ।
मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो । १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.१५ र अन्य उपसमूहको ०.४३ प्रतिशतले बढेको छ ।
मंगलबार जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत् लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाए । यी सबै कम्पनीको मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण