बरालको प्रश्न : कांग्रेस समाजवादी पार्टी हो भनेर जनताले कसरी र कुन तरिकाबाट बुझ्ने ?
पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस पार्टी समाजवादी हो भनेर जनताले कसरी र कुन तरिकाले बुझेका छन् भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् ।
पोखरामा जारी कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा लिखित मन्तव्य राख्दै सभापति बरालले बिपी कोइरालाले आफूहरूलाई मानिस ठुलो होइन असल हुनुपर्छ भनेर सूत्र वद्धरुपमा भनेको स्मरण गर्दै बिपीले विवेकमा आधारित समुन्नत समाज निर्माणको परिकल्पना गरेको बताए ।
‘उहाँले पुरा गर्न नसक्नु भएको यो सपनालाई तपाई हामीले पुरा गर्नुछ । यसका लागि भाषण गरेर, लेख लेखेर र निर्वाचनका घोषणा पत्रहरूमा प्रतिबद्धता जाहेर गरेर मात्रै सम्भव छैन’, बरालले भने,‘समाजवादप्रति हामीले के कसरी जनतामा भरोसा निर्माण गर्न सकेका छौँ ?’
उनले कांग्रेस समाजवादी पार्टी हो भनेर जनताले कसरी र कुन तरिकाले बुझ्न सकेका छन् भनेर प्रश्न गर्दै यी र यस्ता गम्भीर प्रश्नहरूको जवाफ दिन सक्नु पर्ने बताए ।
उनले कांग्रेसलाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिँदै त्यसका लागि कांग्रेसले गर्नुपर्ने धेरै कामहरु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण