बरालको प्रश्न : कांग्रेस समाजवादी पार्टी हो भनेर जनताले कसरी र कुन तरिकाबाट बुझ्ने ?

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस पार्टी समाजवादी हो भनेर जनताले कसरी र कुन तरिकाले बुझेका छन् भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् ।
पोखरामा जारी कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा लिखित मन्तव्य राख्दै सभापति बरालले बिपी कोइरालाले आफूहरूलाई मानिस ठुलो होइन असल हुनुपर्छ भनेर सूत्र वद्धरुपमा भनेको स्मरण गर्दै बिपीले विवेकमा आधारित समुन्नत समाज निर्माणको परिकल्पना गरेको बताए ।
‘उहाँले पुरा गर्न नसक्नु भएको यो सपनालाई तपाई हामीले पुरा गर्नुछ । यसका लागि भाषण गरेर, लेख लेखेर र निर्वाचनका घोषणा पत्रहरूमा प्रतिबद्धता जाहेर गरेर मात्रै सम्भव छैन’, बरालले भने,‘समाजवादप्रति हामीले के कसरी जनतामा भरोसा निर्माण गर्न सकेका छौँ ?’
उनले कांग्रेस समाजवादी पार्टी हो भनेर जनताले कसरी र कुन तरिकाले बुझ्न सकेका छन् भनेर प्रश्न गर्दै यी र यस्ता गम्भीर प्रश्नहरूको जवाफ दिन सक्नु पर्ने बताए ।
उनले कांग्रेसलाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिँदै त्यसका लागि कांग्रेसले गर्नुपर्ने धेरै कामहरु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?