स्वीडेनको विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार
मङ्गलबार, २२ माघ २०८१, २० : ०५
स्टकहोम । मध्य स्वीडेनको ओरेब्रो सहरस्थित एक विद्यालयमा कम्तीमा ५ जनामाथि गोली प्रहार भएको छ । प्रहरीले ‘खतरा अझै टरी नसकेको’ बताएको छ ।
मंगलबार ‘गम्भीर हिंसात्मक अपराध’ को चेतावनी जारी गर्दै प्रहरीले यसविरुद्ध कारबाही चलिरहेको रहेको जानकारी दिएको छ । प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन र घरभित्र बस्न आग्रह समेत गरेको छ । घटनामा कति जना घाइते भएका छन् भन्ने अझै खुल्न सकेको छैन ।
क्याम्पस रिस्बर्गस्का स्कुल एउटा अध्ययन केन्द्र रहेको स्थानीय काउन्सिलको वेबसाइटमा उल्लेख छ । यो राजधानी स्टकहोमभन्दा १६० किलोमिटर पश्चिममा रहेको छ ।
गोलाबारी भएको स्थानबाट विद्यार्थीहरूलाई स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीको भनाई छ । ‘खतरा टरेको छैन,’ प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘सर्वसाधारणलाई यो क्षेत्रबाट टाढा रहन सूचित गरिन्छ ।’ -सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण