स्वीडेनमा विद्यालयमा भएको गोलीबारीमा ११ जना मारिए
बुधबार, २३ माघ २०८१, १२ : ५९
स्टकहोम । मध्य स्वीडेनमा एउटा विद्यालयमा भएको गोलीबारीको घटनामा ११ जना मारिएको प्रहरीले बताएको छ । मर्नेमा संदिग्ध पनि रहेको बताइएको छ ।
मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ २०० केमी पर रहेको ओरेब्रोको रिस्बेग्र्सा विद्यालयमा भएको आक्रमण स्वीडिश इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बताए ।
मर्नेमा संदिग्ध पनि परेको र उनी एक्लैले यो घटना गराएको विश्वास गरिएको प्रहरीले बताएको छ । गोलीबारीको उद्देश्य अहिलेसम्म अस्पष्ट रहेको भनिएको छ । आज जे भयो त्यसको भयावहता सोच्न गाह्रो भएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताए ।
कयौँ मानिस घाइते भएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले पहिला नै चेतावनी दिएको थियो । बुधबार बिहान एउटा विज्ञप्तिमा प्रहरीले घाइतेको संख्या यकिन हुन नसकेको बताएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण