आज पनि जसपा नेपालले अध्यादेशबारे छलफल गर्दै
काठमाडौँ । अध्यादेशको बारेमा अध्ययन गर्न जनता समाजवादी पार्टी नेपालले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । पार्टीका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलको बैठक सिंहदरबारस्थित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको कार्यकक्षमा बस्न लागेको हो । कार्यदलले विज्ञहरूलाई बोलाएर नै त्यस विषयमा छलफल गरेको छ ।
हिजो पनि कार्यदलको बैठक बसेको थियो । सो बैठकमा भूमि सम्बन्धी अध्यादेशको बारेमा छलफल भएको थियो । पाँच वटा अध्यादेशमध्ये भूमि सम्बन्धी अध्यादेश पूर्वाग्रही रहेको जसपा नेपालले जनाएको छ ।
हिजो बसेको बैठकले सो अध्यादेशको हरेक दफाको बारेमा छलफल गरेको थियो । यो अध्यादेश लागू भयो भने वन जङ्गल फडानी हुनुको साथै अवैध बसोबासमा अत्यधिक हुने जसपा नेपालले ठहर गरेको छ । कार्यदलका सदस्य शैलेन्द्र साहले यो अध्यादेश तराई मधेसको हितमा छँदै छैन, यो अध्यादेश लागू भयो भने चुरे वन फडानी हुनुको साथै अव्यवस्थित बसाइँसराइमा वृद्धि हुने बताए ।
यो अध्यादेशमा व्यापक संशोधन अथवा खारेज नै गर्नुपर्ने अवस्था देखिएको बताउँदै उनले आज पनि यस अध्यादेशको बारेमा छलफल भइरहेको छ, साँझसम्म केही निष्कर्ष निस्किने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण