गायक रामकृष्णले गरे लता मंगेशकरको सम्झना
काठमाडौँ । चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । उनले ‘लता मंगेशकर लव इन मेमोरी’ शीर्षकमा कार्यक्रमको आयोजना गरी लताप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
गायक ढकाल तथा सङ्गीतकर्मीले लता मंगेशकरको तस्बिरमा माल्यार्पण गरेको कार्यक्रममा सुनिल हरिजन, साहिल महर्जन, सुष्मा राजभण्डारी, मदन श्रेष्ठ, रमेश कुँवर, सुजन वीर बज्राचार्य, विनोद गिरी लगायतका पेन्टिङ आर्टिष्टहरूले मंगेशकरको प्रत्यक्ष चित्र बनाएका थिए ।
कार्यक्रममा ढकाल र मंगेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाचुञ्जेलीलाई’ को लताको एकल स्वरमा सार्वजनिक गरियो । ‘नेपाली गीत सङ्गीतलाई प्रतिनिधित्व गर्दै मैले लतासँग गाउन पाउनु मेरो लागि सौभाग्य हो’, ढकालले भने ‘ यसमा मलाई सहकार्य गर्ने वरिष्ठ गीतकार आनन्द अधिकारी र चर्चित सङ्गीतकार शिखर सन्तोष, सङ्गीत संयोजक किरण कँडेल, छायाकार स्व. विदुर पाण्डे तथा निर्देशक भूषण दाहाललगायतको टिमप्रति आभारी छु ।’ ढकालले सार्वजनिक गीत लताको आवाजमा रेकर्ड भएको अन्तिम नेपाली गति भएको बताए ।
कार्यक्रममा गायक ढकालका अभिभावक गोपाल कर्माचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ गीतकार राजेन्द्र थापा, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, व्यवसायी रुद्र शर्मा, वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ अभिनेता कृष्ण मल्ल लगायतको उपस्थिति थियो ।
यो गीत लताले गाएको तेस्रो गीत हो । लताले नेपालका तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहको गीत ‘आकाशका तिरमिरे तारा, म गन्न सक्दिन’ पहिलो नेपाली गीतको रूपमा गाएकी थिइन् भने दोस्रो गीत ‘माइतीघर’ चलचित्रको लागि ‘तिमीलाई शुभकामना’ शीर्षकमा गाएकी थिइन् ।
आज भन्दा तीन वर्ष अगाडि २०२२ को फेब्रुअरी ६ का दिन लता मंगेशकरको निधन भएको थियो । मंगेशकरले सन् १९४२देखि गायन करियर सुरु गरेकी थिइन् भने उनले ७५ वर्षको समयावधिमा विभिन्न १४ भाषामा ५० हजार भन्दा धेरै गीतमा स्वर दिएकी थिइन् । उनको पहिलो गीत ‘नाचू या गाडे, खेलु सारी मनि हौस भारी’ हो, जुन मराठी चलचित्रका लागि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण