९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले ७५३ वटै पालिकामा उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधी प्रभावकारी बन्न नसकेको स्वीकार गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ९८ प्रकारका औषधी प्रभावकारी भएन भनेर सबैतिरबाट गुनासो आएकाले सच्चाउन जरुरी रहेको बताएका हुन् ।
साथै उनले स्तन क्यान्सर मेमोग्राम स्टल राख्ने विषय प्रक्रियामै रहेको भन्दै बजेटको सीमितता र तीन तहका सरकार भएकाले डुव्लिकेशन हुन् नदिन सरकार सचेत रहेको बताए ।
प्रादेशिक अस्पतालको क्षमता अभिवृद्धि . गर्न सङ्घ र प्रतिष्ठानका अस्पतालहरूसँग जोड्ने तथा तालिमप्राप्त चिकित्सकको सरकारले व्यवस्था गर्ने मन्त्री पौडेलको भनाइ छ । उनले बिमा सूची औषधी उपलब्ध नभएको सत्य भएको भन्दै त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले राज्यले नियमित दिने बजेटले नपुग्ने भन्दै कोष सुरक्षित गर्नेतर्फ सरकारले सोचेको बताए ।
उनले स्वास्थ्य मन्त्रालयले घोषणा गरेका कार्यक्रमहरूको श्रोत सुनिश्चित भइसकेको भन्दै जलन उपचार, क्यान्सर हेमोफेलिया,लगायतका उपचारको निःशुल्क व्यवस्था गरेको भन्दै रेजिडेन्ट डाक्टरहरूको आन्दोलनका बारेमा परीक्षा अवरुद्ध हुन नदिन चिकित्सा शिक्षा आयोगलाई अस्थायी समाधान सुझाएको र त्यसबारे अहिले पनि छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण