त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा राख्न माग गर्दै तीन जना स्ववियु सभापतिहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् । फागुन महिलाको पहिला हस्तामा सिनेट बैठक आह्वान गर्न माग गर्दै उपकुलपति प्राडा केशरजंग बरालमार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।
विद्यार्थीका मुद्धालाई तत्काल हल गर्न सिनेट बैठक आह्वान गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । त्रिवि सिनेट सदस्य समेतका ओझासहित पुल्चोक क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विष्णु ढुंगेलले ध्यानाकषर्णपत्र बुझाएका हुन् ।
विद्यार्थीका मुद्धाहरू सम्बोधनका लागि विश्वविद्यालय अघि नबढेको खण्डमा थप संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ । डेढ वर्षदेखि सिनेट बैठकमा विद्यार्थीका माग मुद्धाहरू उठान गर्र्दै आएको तर, अहिलेसम्म सुनुवाई हुन नसकेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण