टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई टिकटकरले भेटेका छन् । टिकटकर मिस पवि र अंशु वर्मासँग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंग उप्काएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गरेको थियो भने ओलीले सत्तामा आएपछि पुनः खुला गरेका थिए ।
दुबै टिकटकर ओलीलाई भेट्न बिहीबार पुगेका हुन् । उनीहरूले अघिल्लो सरकारले जसरी टिकटक बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएको ओलीले फेसबुकमा उल्लेख गरेका छन् ।
‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो’, ओलीले लेखेका थिए ।
ओली बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका नेता प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा अनुपस्थित भएका थिए । सम्बोधनका क्रममा प्रचण्डले ओली र उनी नेतृत्वको सरकारको कडा आलोचना गरेका थिए । ओलीले पनि प्रचण्डको नामै नलिइकन प्रचण्डले टिकटक बन्द गराएको भन्दै झटारो हानेका हुन् । यद्यपि प्रचण्डले आफूले ओलीकै दबाबमा टिकटक बन्द गर्नुपरेको विभिन्न कार्यक्रममा बताउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण