अपराध
झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ
शुक्रबार, २५ माघ २०८१, १९ : ००

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् ।
उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए । गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेका थिए । बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
-
'कोरिया सन्देश' विमोचन
-
सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक