सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
शुक्रबार, २५ माघ २०८१, १३ : ४४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेको छ । सो पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले शुक्रबारको संसद बैठकको शुन्य समयमा बोल्दै उनको निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उल्लेख गर्दै उनले सार्वभौम संसदले समेत सरकारको सोही रवैयालाई समर्थन जनाएको आरोप लगाए ।
एउटा व्यक्ति र चौथो ठुलो दलको सभापतिमाथिको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उनले बताए । ‘झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्’, उनले भने, ‘सरकारको यस्तो सवैयाको संसदले समर्थन नगरोस् ।’
उनले थुनामा नरहँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो