सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
शुक्रबार, २५ माघ २०८१, १३ : ४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेको छ । सो पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले शुक्रबारको संसद बैठकको शुन्य समयमा बोल्दै उनको निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उल्लेख गर्दै उनले सार्वभौम संसदले समेत सरकारको सोही रवैयालाई समर्थन जनाएको आरोप लगाए ।
एउटा व्यक्ति र चौथो ठुलो दलको सभापतिमाथिको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उनले बताए । ‘झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्’, उनले भने, ‘सरकारको यस्तो सवैयाको संसदले समर्थन नगरोस् ।’
उनले थुनामा नरहँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति तुरुन्त निरूपण हुनुपर्छ : एमाले
-
नेपाल सीमा अतिक्रमणकारी देश होइन, प्रधानमन्त्रीले माफी माग्नुपर्छ : निश्कल राई
-
करको दर हेरफेर विवाद : मन्त्री पोखरेलद्वारा अर्थमन्त्री वाग्लेको बचाउ, बजेटमा पूर्ण समर्थन
-
ओपनएआईले दियो आइपीओका लागि गोप्य आवेदन
-
बीपी राजमार्गमा सवारी आवागमन रोकियो
-
प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण