९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
काठमाडौँ । ९ महिनासम्म युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ जना नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरूमा दोलखाका शेर शाङ्बाे शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन्।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतका अनुसार अध्यागमन कानुन उल्लङ्घन गरेको अभियोगमा युक्रेनी सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयमा पठाइएको थियो । उनीहरू अध्ययनका लागि युक्रेन पुगेका थिए ।
_FrM3pnrsKg.jpg)
अध्यागमन कार्यालयमा कागजी प्रक्रिया मिलाउने क्रममा समय लागेको उनीहरूले बताएका छन् । उनीहरूलाई राजदूतावासको अथक र निरन्तर प्रयासपछि रिहा गरिएको थियो।
उनीहरूलाई युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थित International Organization for Migration (IOM ), Border Security Guards, Ukraine, किभस्थ मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलङ्काका अवैतनिक वाणिज्यदूतको सहयोग लिएर युक्रेनबाट ६ फेब्रुअरी २०२५ मा मोल्डोभाको Chisinau बाट उद्धार गरिएको थियो।
उनीहरूलाई फर्कनका लागि आवश्यक हवाईजहाजको टिकटको प्रबन्ध गैर आवासीय नेपाली सङ्घको मुख्यालयले गरेको थियो । विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान राजदूतावासले अनुरोध गर्दै आएको छ।
_2fGSd1qzbA.jpg)
मानव तस्करहरूको प्रलोभनमा परि अझै पनि छिटपुट रूपमा नेपाली नागरिकहरू युक्रेन आएको पाइएको दूतावासले जनाएको छ। सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकहरूबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई प्रवेशाज्ञा (Visa) जारी नगर्ने निर्णय गरेको थियो।
कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकोले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न राजदूतावासले अनुरोध गरेको छ। तस्बिर: कृष्ण खड्का/रातोपाटी
_yBLQ9SkDyR.jpg)
_aWv2qQFeiU.jpg)
_mGEwJVrMvz.jpg)
_aBFjKYvFIx.jpg)
_Uk2EdrNUeo.jpg)
_jaBTaXrCrz.jpg)
_HbcPEEqSLl.jpg)
_9SuBjONUXR.jpg)
_ESa2qHS01z.jpg)
_zeclcXlMT8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण