अदालत
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
सम्भावित धरपकड रोक्न अन्तरिम आदेश जारी
शुक्रबार, २५ माघ २०८१, १७ : २०
काठमाडौँ । टुङ्गरम इन्टरनेशनल एकेडेमीको स्वामित्वमा भक्तपुरमा रहेको झन्डै ३० रोपनी जग्गा अवैध रूपमा बिक्री गरिएको प्रकरणमा विद्यालयले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा दिएको जाहेरीलाई तान्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्णयमाथि अदालतले प्रश्न उठाएको छ ।
बिहीबार उच्च अदालत काठमाडौँले नेपाल प्रहरीविरुद्ध कारण देखाऊ आदेश जारी गर्दै निवेदकको माग बमोजिम आदेश गर्नु नपर्ने कारण भए १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गर्न आदेश दिएको हो ।
साथै, यो अवधिमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जाहेरीको विषयमा जाहेरवाला विद्यालय र सञ्चालकमाथि धरपकड गर्न सक्ने आशङ्का गर्दै कार्यालयले अदालतले फौजदारी कसुरमा अनुसन्धान बाहेक देवानी दायित्वका विषयमा विद्यालय सञ्चालक विरुद्ध धरपकड नगर्न समेत आदेश दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण