बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
काठमाडौँ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बीमक संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन क्रममा प्रत्येक पदको लागि एक/एक जनाको मात्रै आवेदन परेको हो ।
यसअनुसार संघको अध्यक्ष सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र महासचिव एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बनेका छन् ।
त्यस्तै, संघको उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ निर्विरोध भएका छन् ।
संघको कार्यसमितिमा नयाँ सदस्यको रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ निर्वाचित भएकी छिन् । साथै, सदस्यहरुमा दि ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण