खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
काठमाडौंं । खानेपानी मन्त्रालयले सिंहदरवारस्थित मन्त्रालयमा शनिबार भएको आगलागीबाट अतिआवश्यक तथा महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । मन्त्रालयका उपसचिव भक्तराज जोशीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आगलागीबाट मन्त्रालयका अतिआवश्यक कागजातमा कुनै क्षति भएको छैन ।
आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले घटनाको स्थलगत निरीक्षण गरी गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेट मै आगो नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ । महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको भए पनि घटनाबारे प्रहरीले अनुसन्धान थालेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण