क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
आइतबार, २७ माघ २०८१, ०८ : २४
काठमाडाैँ । क्यारेबियन देशहरूमा भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएसका अनुसार केम्यान टापुहरूको दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो।
भूकम्प आएपछि सुरुमा सुनामीको चेतावनी दिइएको थियो। तर पछि यसलाई रद्ध गरिएको छ । अमेरिकाको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले सुनामीको सम्भावना नभएको तर सतर्क रहन भनेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण