भारतको सडकमा गाउँदै थिए एड शिरन, प्रहरीले रोक्यो
सोमबार, २८ माघ २०८१, ०८ : १२
बेंगलुरु । ग्रामी अवार्ड विजेता गायक एड शिरन आफ्नो टुरको एक भागको रूपमा भारत भ्रमणमा छन् । सो क्रममा गायकले आइतबार बेंगलुरुको चर्च स्ट्रिटमा प्रत्यक्ष प्रस्तुति दिइरहेका थिए।
तर, बेंगलुरु प्रहरीले गायकको सडक प्रस्तुति बिचैमा रोक्यो। प्रहरीले गायकको टोलीले कार्यक्रमको लागि प्रशासनबाट अनुमति नलिएको बताएको छ।
यता, गायकको टोलीले भने प्रहरीलाई यस कार्यक्रमको लागि अनुमति भएको बताएको छ। टोलीले प्रदर्शन केही मिनेट मात्र चलेको तर बढ्दो भीडका कारण प्रहरीले हस्तक्षेप गरेको बताएको छ।
एड शिरन बेंगलुरुको सडकमा आफ्नो प्रसिद्ध गीत ‘शेप अफ यु’ गाउँदै थिए। यस क्रममा, एक प्रहरीले उनको माइक्रोफोनको प्लग तानेका थिए । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण