भारतको सडकमा गाउँदै थिए एड शिरन, प्रहरीले रोक्यो
सोमबार, २८ माघ २०८१, ०८ : १२

बेंगलुरु । ग्रामी अवार्ड विजेता गायक एड शिरन आफ्नो टुरको एक भागको रूपमा भारत भ्रमणमा छन् । सो क्रममा गायकले आइतबार बेंगलुरुको चर्च स्ट्रिटमा प्रत्यक्ष प्रस्तुति दिइरहेका थिए।
तर, बेंगलुरु प्रहरीले गायकको सडक प्रस्तुति बिचैमा रोक्यो। प्रहरीले गायकको टोलीले कार्यक्रमको लागि प्रशासनबाट अनुमति नलिएको बताएको छ।
यता, गायकको टोलीले भने प्रहरीलाई यस कार्यक्रमको लागि अनुमति भएको बताएको छ। टोलीले प्रदर्शन केही मिनेट मात्र चलेको तर बढ्दो भीडका कारण प्रहरीले हस्तक्षेप गरेको बताएको छ।
एड शिरन बेंगलुरुको सडकमा आफ्नो प्रसिद्ध गीत ‘शेप अफ यु’ गाउँदै थिए। यस क्रममा, एक प्रहरीले उनको माइक्रोफोनको प्लग तानेका थिए । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी