उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी(जसपा) नेपाल आफ्नो अडानमा कायमै रहे सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।
सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जसपा नेपालले आफ्नो अडानमा कायमै राख्ने विश्वास व्यक्त गरे ।
‘देशको स्थिति असहज भइराखेको छ । सदनमा अध्यादेश पेस भएका छन् । तर रोकिएर बसेको स्थिति छ । सरकारले गलत नियतले सदन बोलाउने बेलामा अध्यादेश ल्यायो । प्रतिक्रियाको दृष्टिकोण र सारको दृष्टिकोणले पनि त्यसको उद्देश्य गलत देखिएको छ’, उनले भने, ‘विधि प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म उहाँहरू(जसपा नेपालका नेताहरूतर्फ लक्षित गर्दै) अडिनु भएको छ । जहाँसम्म अडिनुहुन्छ जस्तै लाग्छ मलाई । मुद्दालाई नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन । हुन त निर्णय गर्न पनि बाँकी छ । सायद उहाँले केन्द्रीय समिति बैठक पनि बोलाउनुभएको थियो । यदि उहाँले अडान छोड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’
प्रतिनिधिसभामा दुई तिहाइ रहेको केपी ओली नेतृत्वको गठबन्धन सरकार राष्ट्रिय सभामा अल्पमतमा रहेको छ । राष्ट्रिय सभामा तीन सिट रहेको जसपा नेपालका सांसदले समर्थन नगरेसम्म अध्यादेश पारित हुन सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण