इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
काठमाडौं । हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । उसले इजरायल सम्झौता उल्लंघनमा उत्रिएको भन्दै आगामी चरणमा इजरायली बन्धकको रिहाई रोक्ने चेतावनी दिएको छ ।
हमासले भनेको छ, ‘उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाई हुनु, जागापट्टीको विभिन्न क्षेत्रमा गोलाबारी र सहमती अनुसारको मानवीय सहायताको अनुमति दिन विफल हुनुले सम्झौता उल्लंघन भएको ठहर्छ ।’
यता, इजरायलले भने सेनालाई उच्चतम अलर्टमा राखिएको प्रतिक्रिया दिएको छ । रक्षामन्त्री इजराइल काट्जले आईडीएफलाई गाजाको कुनै पनि सम्भावित परिदृष्यका लागि उच्चस्तरीय तैनाथीको निर्देशन दिएको बताएका छन् । युद्धविरामको सम्झौता अनुरुप पहिलो चरणमा कुल १७ इजरायली बन्धक रिहा हुनपर्ने थियो । जसमा ८ इजरायली मरिसकेको बताइन्छ ।
पछिल्लो रिहाई शनिबार हुने भनिएको थियो । र, अहिलेसम्म रिहा गरिएका इजरायली बन्धकको सट्टा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई रिहा गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण