स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
मङ्गलबार, २९ माघ २०८१, ०६ : ४४
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन् । ट्रम्पले यो घोषणा विना कुनै अपवाद सबै देशलाई लागू हुने बताएका छन् ।
यद्यपि, अस्ट्रेलियाको हकमा भने अपवादको रुपमा पुर्नविचार हुनसक्ने जनाउ ट्रम्पले दिएका छन् । उनले भनेका छन्, ‘यो योजना जुन देशले अमेरिकालाई आयातमा कर लगाएका छन्् ति देशका लागि मुख्य लक्षित छ ।’
अर्को प्रसंगमा ट्रम्पले शनिबार राती १२ बजेसम्म हमासले गाजाबाट सबै बन्धक रिहा गर्नु पर्ने र त्यसो नभए विध्वंश मच्चिनसक्ने चेतावनीपूर्ण सुझाव दिएका छन् । उनले आफ्नो आशयबारे विस्तारित रुपमा नबताए पनि हमास आफैंले पत्ता लगाउने अभिव्यक्ति दिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण