जब टिमलाई हारबाट जोगाउन प्रशिक्षक आफै मैदानभित्र प्रवेश गरे !
काठमाडौँ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणअघि पाकिस्तानमा त्रिकोणात्मक एकदिवसीय शृङ्खला चलिरहेको छ । शृंखलामा आयोजक पाकिस्तानका अतिरिक्त न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको पनि सहभागिता रहेको छ ।
शृंखलाअन्तर्गत सोमबार दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच खेल भएको थियो । उक्त खेलमा न्युजिल्यान्ड ६ विकेटले विजयी भएको थियो । त्यो खेलका क्रममा एउटा रमाइलो घटना भएको छ । उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खासमा, दक्षिण अफ्रिकी टोलीमा खेलाडीको अभाव भएकाले टोलीका फिल्डिङ प्रशिक्षक आफै फिल्डिङ गर्न मैदानमा ओर्लनु परेको थियो । दक्षिण अफ्रिकी टोलीका अधिकांश खेलाडी अहिले फ्रेन्चाइज प्रतियोगिता एसए–२० खेल्न ब्यस्त छन् ।
हाल पाकिस्तान भ्रमणमा रहेको दक्षिण अफ्रिकी टोलीमा आधाभन्दा बढी खेलाडी नयाँ छन् । अनुभवी खेलाडीहरू एसए–२० व्यस्त रहेकाले टोलीमा नयाँ खेलाडी राख्नु परेको दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ ।
तीन सय पाँच रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्ड जिततर्फ अग्रसर बनेपछि बाध्य भएर दक्ष्णि अफ्रिकी टोलीका फिल्डिङ प्रशिक्षक वान्डिल ग्वाभु आफै मैदानमा प्रवेश गरेका थिए ।
नयाँ खेलाडीहरुले गतिलो फिल्डिङ नगरेपछि प्रशिक्षक आफै मैदानमा ओर्लिएको समाचारमा जनाइएको छ । प्रशिक्षक वान्डिल ३७औँ ओभरमा फिल्डिङ गर्न मैदानभित्र प्रवेश गरेका थिए । विश्व क्रिकेटमा यस्तो घटना यसअघि पनि भइसकेको छ ।
यसअघि, सन् २०२४ को अक्टोबरमा दक्षिण अफ्रिकी टोली युएई भ्रमणमा आएको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले यूएईमा आयरल्यान्डसँग खेलेको थियो । गर्मीका कारण दक्षिण अफ्रिकी खेलाडीहरू बिरामी परेपछि ब्याटिङ प्रशिक्षक जेपी डुमनी आफै फिल्डिङका लागि मैदानमा ओर्लिएका थिए ।
तर, न्युजिल्यान्डविरुद्धको खेलमा फिल्डिङ प्रशिक्षक आफै मैदानमा ओर्लिए पनि टोलीलाई पराजयबाट भने जोगाउन सकेनन् । न्युजिल्यान्डले ४८.४ ओभरमा विजय लक्ष्य पुरा गरेको थियो । जितसँगै न्युजिल्यान्ड त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पनि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026