समिति बैठकमा उद्योग मन्त्री र सांसदबिच चर्काचर्की

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उद्योग मन्त्री दामोदर र सांसदबिच चर्काचर्की भएको छ ।
उद्योग मन्त्री भण्डारीले सिमेन्टको मूल्य बढ्नुमा आफ्नो कुनै हात नरहेको र लोडसेडिङ बढ्दा मूल्य वृद्धि भएको तर्क गरेका थिए ।
‘लोडसेडिङ छैन भन्नु हुन्छ विद्युत् प्राधिकरणले सेड्युल दिएको छ । बोलाउनु न प्राधिकरणलाई । मूल्य वृद्धि भएको बेलामा कति लोडसेडिङ छ भन्ने विषयमा गुगलमा सबैले हेर्न सकिन्छ ,’ उनले जंगिँदै भने, ‘अपर तामाकोशी सञ्चालन नहुँदा लोडसेडिङ बढेको भन्ने विद्युत् प्राधिकरणले नै स्वीकार गरेको छ । मूल्य वृद्धि गर्नुमा सरकारको हात छैन ।’
त्यसपछि चर्किँदै सांसद गोपीबहादुर सार्की अछामीले पनि मन्त्री भण्डारीलाई विद्युत् प्राधिकरणको विषय समितिमा तर्क नगर्न आग्रह गरे । ‘मन्त्रीज्यू यो बहस यहाँ गर्ने होइन विद्युत् प्राधिकरणमै गएर गर्नुस्,’ सांसद सार्कीले भने ।
सोही क्रममा सांसद राजेन्द्रलक्ष्मी गैरेले पनि मन्त्री भण्डारीलाई सम्बन्धित विषयमा रहेर तर्क गर्न आग्रह गरिन् । ‘सिमेन्टको मूल्य बढेको छ । यो मूल्य बढ्नुमा सरकारको हात नभएर सांसदहरूले मूल्य वृद्धि गरेको हो त ?’, उनले भनिन् ।
त्यसपछि समितिका सभापति सोनाम गोल्जेन शेर्पाले मन्त्री भण्डारीलाई विषयवस्तुमा केन्द्रित रहेर कुरा गर्न निर्देशन दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन