इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी
वासिङ्टन डिसी । हमासले बन्धक बनाइएका सबै नागरिकलाई रिहा नगरे इजरायलसँगको युद्ध विराम सम्झौता रद्द गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आफूले एक वा दुई जनालाई मात्र होइन, सबै बन्धकहरूलाई रिहा गर्न चाहेको पनि उनले बताए । इजरायलले युद्ध विराम सम्झौता उल्लङ्घन गरिरहेकोले बन्धकहरूको रिहाइमा अवरोध गरिरहेको हमासले सोमबार बताएको छ ।
‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले देख्यो कि शत्रुले बारम्बार युद्ध विराम सम्झौताको उल्लङ्घन गरिरहेको छ र सम्झौताका सर्तहरू पालना गरेको छैन,’ हमासले आफ्नो विज्ञप्तिमा भनेको थियो ।
हमासको यस विज्ञप्तिको प्रतिउत्तरमा इजरायलले पनि बन्दीहरूलाई रिहा नगर्नु सम्झौताको उल्लङ्घन भएको बताएको थियो । हमास र इजरायलबिचको युद्ध विराम सम्झौता जनवरी १९ मा लागू भएको थियो ।
हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । यसको बदलामा, इजरायलले ५६६ कैदीहरूलाई रिहा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण