विवादास्पद अभिव्यक्तिका कारण ‘इन्डियाज गट् लेटेन्ट’को एपिसोड युट्युबमा ब्लक
नयाँ दिल्ली । केन्द्र सरकारको आदेशपछि समय रैनाको सो ‘इन्डियाज गट लेटेन्ट’को एपिसोड युट्युबमा रोक लगाइएको छ । रणवीर इलाहाबादियाले आपत्तिजनक टिप्पणी गरेका कारण युट्युबमा रोक लगाइएको बीबीसीले लेखेको छ । टिप्पणीकै कारण इलाहाबादियाको धेरै आलोचनासमेत भएको छ ।
भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले सामाजिक सञ्जालमा एक्समा यसबारे जानकारी दिएका हुन् । भारत सरकारको आदेशपछि यस्तो गरिएको गुप्ताले बताए ।
इलाहाबादियाले ‘इन्डियाज गट लेटेन्ट’ सोमा सहभागीका अभिभावकको व्यक्तिगत सम्बन्धमाथि प्रश्न उठाएका थिए । जसको आलोचना हुन थालेपछि उनले माफी पनि मागेका थिए ।
इलाहाबादियाले भने, ‘मेरो टिप्पणी उपयुक्त थिएन र हास्यास्पद पनि थिएन । कमेडी मेरो विशेषज्ञता होइन । म यसका लागि कुनै स्पष्टीकरण दिने छैन । म सबैसँग माफी माग्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण