उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवासमा बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार नै समितिको बैठक बस्ने भनिएपनि प्रतिनिधिसभा बैठकका कारण सो दिन बस्न सकेको थिएन ।
संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एबं अर्थ मन्त्रि विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
त्यस्तै सत्तामा सहभागी अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । दुई दलले प्रदेश तथा जिल्लाहरूमा समेत संयन्त्र गठन गरेका छन् । दुई दलले सरकार सञ्चालनमा सहयोगी बन्ने भन्दै संयन्त्र गठन गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण